MMIST College Official Logo

MMIST College

शहिद स्मारक जनस्वास्थ्य कलेज

Gaushala, Kalopul, Kathmandu | ESTD. 2065

Logo
Home/Notices/Notice Details

MMIST College मा रिक्त सिटमा भर्नाका लागि वैकल्पिक (Pass List) उम्मेदवारहरूबाट निवेदन आह्वान

2026-06-16 / 2083-03-02
VacantSeats

CTEVT प्रवेश परीक्षाको वैकल्पिक (Pass List) मा रहेका उम्मेदवारहरूका लागि विभिन्न स्वास्थ्य कार्यक्रमका रिक्त सिटहरूमा भर्ना हुने अवसर खुला गरिएको छ। 📚 उपलब्ध कार्यक्रमहरू: ✅ सामान्य चिकित्सा (General Medicine) ✅ डि फार्मेसी (Diploma in Pharmacy) ✅ ल्याब टेक्निसियन (Medical Lab Technology) ✅ नर्सिङ (Nursing) ✅ रेडियोग्राफी (Radiography) 🗓️ सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कलेजमा उपस्थित भई निवेदन दर्ता गर्नुहोस्। 📍 MMIST College, कालोपुल, सिफल, काठमाडौं ☎️ 01-4564150, 4585963

📢 वैकल्पिक (Pass List) उम्मेदवारहरूलाई रिक्त सिटहरूमा छनोटका लागि निवेदन दर्ता गराउने सम्बन्धी सूचना

सहिद स्मारक जनस्वास्थ्य कलेज (MMIST College), कालोपुल–सिफल, काठमाडौंले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरबाट प्रकाशित सूचनाअनुसार विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि वैकल्पिक (Pass List) सूचीमा रहेका उम्मेदवारहरूबाट निवेदन आह्वान गरेको छ।

CTEVT द्वारा प्रकाशित नतिजाअनुसार यस कलेजमा पूर्ण शुल्कीय तर्फका नर्सिङ, सामान्य चिकित्सा, डि-फार्मेसी, ल्याब टेक्निसियन तथा रेडियोग्राफी कार्यक्रमहरूमा मुख्य सूचीका उम्मेदवारहरू भर्ना हुन नआएका कारण केही सिटहरू रिक्त रहेका छन्। उक्त रिक्त सिटहरू पूर्ति गर्न सम्बन्धित कार्यक्रमका वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई निवेदन दिन अनुरोध गरिएको छ।

नर्सिङ कार्यक्रमका हकमा सोही कार्यक्रमको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूले मात्र आवेदन दिन सक्नेछन्। अन्य कार्यक्रमहरू (सामान्य चिकित्सा, डि-फार्मेसी, ल्याब टेक्निसियन तथा रेडियोग्राफी) का लागि यस कलेज तथा अन्य कलेजका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कलेजमा उपस्थित भई आवश्यक कागजातसहित रीतपूर्वक निवेदन दर्ता गराउनुपर्नेछ। प्राप्त निवेदनहरूलाई CTEVT को परीक्षा सम्बन्धी नियमावली २०८१ अनुसार छनोट गरी भर्ना प्रक्रिया अगाडि बढाइने कलेजले जनाएको छ।

उपलब्ध रिक्त सिट संख्या:

  • सामान्य चिकित्सा (General Medicine) – ३० सिट
  • डि-फार्मेसी (Diploma in Pharmacy) – ३० सिट
  • ल्याब टेक्निसियन (Medical Lab Technology) – २५ सिट
  • नर्सिङ (Nursing) – ४ सिट
  • रेडियोग्राफी (Radiography) – २८ सिट

📍 सहिद स्मारक जनस्वास्थ्य कलेज (MMIST College)
कालोपुल, सिफल, काठमाडौं
☎️ 01-4564150, 4585963

आफ्नो स्वास्थ्य सेवासम्बन्धी करियरको सुरुवात गर्न यो महत्वपूर्ण अवसर नछुटाउनुहोस्। 🎓🏥

Notice Attachment 1

Admin

Administrator